काठमाडौं -नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको आग्रहमा पार्र्टी सभापति शेर बहादुर देउवाले केन्द्रीय समितिको बैठक सहमतिका लागि दुई दिन पछि सार्ने भएका छन्।
उपत्यका बाहिर रहेका नेता कृष्ण सिटौलाले बहुमत र बहिष्कार दुबै गल्ति भएको बताएका थिए। सभापति देउवासँग सिटौलाले सोमबार कुरा गरि सहमतिका लागि दुई दिन बैठक सार्न आग्रह गरेका थिए। संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल विच विवाद बढ्दै गएपछि सिटौलाले सहमतिमै अघि बढ्न सुझाएका थिए। सिटौलाको प्रस्ताव अनुसार सभापति देउवाले पुस २ गते १ बजेका लागि बैठक बोलाएका छन्।
सिटौलाले भने,‘बिहीबारको बैठकमा म थिइँन। त्यहि दिन नै बहुमत र बहिष्कारको कुरा भइहालेछ।’ बहुमत र बहिष्कारको पद्धति प्रति असहमति रहेको जनाउँदै सिटौलाले समय धेरै लागे पनि छलफलबाटै सहमति खोज्नुपर्ने बताए। कम्युनिस्टको घेरामा रहेको कांग्रेसलाई चुनौती धेरै रहेको उनले बताए। सिटौलाले भने,‘कठिन परिस्थितिमा बृहत एकता र सहमति आवश्यक हुन्छ।’
पौडेल पक्षका नेताहरुको बहिष्कारले केन्द्रीय समितिको बैठकले औपचारिक प्रस्तावमा छलफल गर्न सकेको थिएन। सोमबार बोलाइएको बैठकमा समेत पौडेल पक्षका नेताहरु सहभागी भएनन्। संस्थापन इतरका नेताहरु अनुपस्थित भएपछि देउवा निकटका केन्द्रीय सदस्यहरु बैठकका लागि केन्द्रीय कार्यालय पुगेपनि बैठक बस्न सकेन।
पौडेल पक्षले राखेका प्रस्तावहरुमा कार्यदलका सदस्यहरु विच विहान नेता प्रकाशमान सिंहको निवासमा वार्ता भएको थियो। दुइ पक्षको वार्ता पछि नेताहरुले उपल्लो तहका नेतालाई बैठक बारे व्रिफिङ गरेका थिए।
पछिल्लो समय संस्थापन पक्षले पौडेल समूहले राखेका अधिकांश प्रस्तावलाई स्विकार्ने संकेत देखाएको छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने,‘उहाँहरुको ९ बुँदे प्रस्ताव मानेकै थियौं। फेरि अरु माग थपिए। त्यसलाई पनि मान्दिउ भन्ने भएको छ।’
संस्थापन पक्षले तल्लो तहका कार्यसमिति बनाएपछि क्रियाशिल सदस्यता वितरण हुने जनाएको थियो। पौडेल पक्षले त्यसलाई कार्यतालिकामा राख्नुपर्ने माग राखेको थियो। त्यसलाई स्विकार्न समस्या नरहेको बताउँदै नेता विश्वकर्माले भने,‘अब हामी महाधिवेशनको मिति तोक्ने भइसकेका छौं। रोक्ने भनेकै होइन किन अल्मलिनु।’
संस्थापन पक्षले धेरै कुरा मिलेको बताइरहँदा पौडेल पक्षले भने सहमति पहिल्याउन देउवा पक्ष तयार नभएको आरोप लगाएको छ। नेता पौडेल निवासमा दिउसो बसेको बैठकले प्याकेज सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको छ। विभागको संख्या, भ्रातृ संस्थामा भागवण्डा र क्रियाशिल सदस्यताका विषयमा सहमति हुन नसकेको संस्थापन इतरका नेता कल्याण गुरुङले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस