भोजपुर– निर्वाचन जितेपश्चात जनप्रतिनिधि जनताको घरदैलौमा फर्कदैनन् भन्ने गुनासो सुनिन्छ । तर ठीक यसको वीपरीत भोजपुरबाट निर्वाचित सङ्घीय सांसद सुदन किराती भने ‘जनताको प्रश्न सांसदको उत्तर’ कार्यक्रम लिएर गाउँगाउँमा पुग्न थालेका छन् । उनले स्थानीय जनताको समस्या बुझ्दै, स्थानीयमा रहेका सडक, विद्युत्, खानेपानीलगायतका समस्या समाधानमा भूमिका खेल्ने बताइरहेका छन् ।
सांसद राईले भने , ‘‘निर्वाचन जितेपछि जनताको समस्या बिर्सने बेथिति बढ्दै गयो, जसबाट नेता र जनताको सम्बन्ध सुमधुर बन्न सकेन, त्यही कुरालाई मध्यनजर गर्दै मैले यो कार्यक्रम लिएर तपाईको ठाउँमा आएको हुँ ।’’ कतिपय स्थानीयले अन्य सबै सुविधा नदिए पनि बाँदरको कारण बस्तीखाली भएको बताउँदै सो समस्या समाधान गरिदिन माग गरेका छन् । जनताको जिज्ञासामा सांसद राईले भने , ‘‘ जिल्लामा धेरै समस्या छन् तर बाँदरको समस्याले बस्तीखाली भएको सुनाउनु भएकोले छ, यस विषयमा म संसद्मा कुरा उठाउँछु ।’’
अभियानबाट जनताले केन्द्र सरकारले के गरिरहेको छ, प्रदेश सरकारको योजना कस्तो छ, स्थानीय सरकारको भूमिकाको विषयमा जानकारी लिइरहेका छन् । जनता नै आफ्नो पाठशाला रहेको बताउने राईले जनप्रतिधि र जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन साथै समाजमा एउटा नयाँ कामको थालनी होस् भन्ने लक्ष्यले यस्तो कार्यक्रमको सञ्चालन गरेको बताए । आफूले जिताएको नेतासँग निर्धक्कसँग आफ्ना समस्या सुनाउन पाउँदा स्थानीय जनता खुशी देखिन्छन् । स्थानीय ज्ञानेन्द्र राईले भने , ‘‘आफूले जिताएको सांसदसँग भोगेको समस्या सुनाउन पाउँदा निकै खुशी लागेको छ, यस्ता कार्यक्रम अन्य सांसदले पनि ल्याउन आवश्यक छ ।’’
सांसद किरातीले आफू जनप्रतिनिधि भएदेखिनै यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस पटक उनले एक महिनासम्म गाउँगाउँ डुलेर जनताका समस्या सुनेका हुन् । भोट माग्दा धेरै आश्वासन दिएका नेताहरुले आफ्नो ठाउँको समस्यामा ध्यान नदिँदा स्थानीयले आक्रोश पनि देखाउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस