काठमाडाैं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले पार्टीमा उपाध्यक्ष रहने व्यवस्थासहित विधान संशोधनको प्रस्ताव पारित गरेको हो ।
आगामी स्थायी कमिटीबाट अनुमोदन गराउने गरी विधान संशोधन प्रस्ताव पारित गरिएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालयले २९ मंसिरमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको छ ।
यसअघि नेकपा सचिवालयले नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो । तर, स्थायी कमिटी बैठक नबसेकाले यो प्रस्ताव अनुमोदन भएको छैन ।
पार्टीमा उपत्यका विशेष समन्वय कमिटी र विशेष कमिटीहरूको व्यवस्था गर्ने वैधानिक प्रावधान पनि विधानमा व्यवस्था थपिएकाे छ ।
सचिवालय बैठकले संगठन विभाग प्रमुख गौतमले पेस गरेको संगठनात्मक कार्ययोजना भने पारित गरेन । आवश्यक परामर्शपछि अर्को बैठकबाट पारित गर्ने निर्णय भएको पार्टी प्रवक्ता श्रेष्ठले बताए ।
नेता गौतमको कार्ययोजनामा तत्कालीन एमालेका ५ लाख तथा माओवादी केन्द्रका ३ लाखसहित करिब ८ लाख सदस्यलाई नयाँ सदस्यताका रूपमा परिवर्तन गर्ने उल्लेख छ ।
प्रस्ताव पेस गर्न निर्देशन
सचिवालय बैठकले केन्द्रीय आयोग र विभागलाई पूर्णता दिन सम्बन्धित प्रमुख र उपप्रमुखलाई सात दिनभित्र महासचिव विष्णु पौडेलसमक्ष प्रस्ताव पेस गर्न निर्देशन पनि दिएको छ ।
‘सबै आयोग र विभागहरूका प्रमुख र उपप्रमुखले प्रस्ताव पेस गरेपछि आगामी सचिवालय बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको छ,’ उनले भने ।
प्रतिवेदन पठाउन पाँच दिन थप
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले समीक्षाका लागि उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटीलाई प्रतिवेदन पठाउन पाँच दिनको समय थप गरिदिएको छ ।
केन्द्रीय संगठनलाई जिम्मेवारी
विभिन्न जिल्लामा देखिएका संगठनात्मक समस्या समाधान गर्ने जिम्मेवारी केन्द्रीय संगठन विभागलाई दिएको छ ।
काममा फर्किन निर्देशन
बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्दै पूर्ववत् काममा फर्किन निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस