काठमाडाैं-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बसेकाे मङ्सिर २९ मा एक वर्ष पुग्छ। ठीक एक वर्षमा अर्थात मङ्सिर २९ मै बस्ने भएको छ ।
सोमवार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक मङ्सिर २९ गते बोलाइएको जानकारी दिए ।
गतसाल बसेको स्थायी कमिटी बैठक १४ दिनसम्म बसेको नेकपा स्थायी कमिटी बैठकमा सरकार र पार्टी संचालन प्रक्रियाको विरोध भएको थियो । स्थायी कमिटी सदस्यहरूले पार्टी एकीकरण भएपछिको पहिलो बैठकलाई सरकारको आलोचना गर्ने ‘फोरम’ बनाएका थिए ।
बैठकले पार्टी एकीकरणको संगठनात्मक खाका तयार गर्न भन्दै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा एक समिती गठन भएको थियो । पुसभित्र एकताको खाका तयार गरिसक्ने र माघमा अर्को स्थायी कमिटी बैठक बोलाउने बताइएको थियो ।
स्थायी कमिटी बैठकले बनाएको उक्त समिति काम गर्न नपाई सचिवालयमार्फत विघटन भयो ।
यो एक वर्षको बीचमा पार्टी एकताका आधारभूत प्रक्रियाहरू सम्पन्न भएका छन् । बाँकी रहेका केही निकायहरू छिटै सम्पन्न हुने नेताहरूले बताउने गरेका छन् ।
तर त्यतिबेला माघमा बोलाउने भनिएको स्थायी कमिटी बैठक ठ्याक्कै एक वर्षमा बस्ने भएको छ ।
स्थायी कमिटी सदस्य वेदुराम भुसालले एक महिनामा बस्ने भनिएको स्थायी कमिटी बैठक एक वर्षमा बस्नु खुसीको कुरा नभएको बताए ।
‘यो नयाँ कुरा होइन, हामीलाई बैठक बसौं र निर्णय अनुसार पार्टी संचालन गरौँ भनिरहेका थियौं,’ भुसालले भने, ‘अब बस्ने भनिएको छ । विधिसम्मत काम गर्न निरन्तरको बैठक आवश्यक छ । त्यही अनुसार सचिवालयले बैठक आह्वान गरेको छ । यसलाई ठिकै भयो भन्नुपर्ला ।’
गत मङ्सिर ४ गते बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका काम हेर्ने र प्रधानमन्त्री ओलीले सरकारको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो । त्यसयता प्रचण्डले दुईपटक सचिवालय बैठक बोलाइसकेका छन् ।
यसपालिको स्थायी कमिटी बैठक पनि प्रचण्डकै अध्यक्षतामा हुने प्रचण्डनिकट स्रोतले दाबी गरेको छ ।
‘अध्यक्ष प्रचण्डले पार्टी हेर्ने गरी कार्यविभाजन भएपछि उहाँको सक्रियता बढ्नु स्वाभाविक हो,’ प्रचण्डनिकट एक नेताले भने, ‘स्थायी कमिटी बैठकको अध्यक्षता पनि उहाँले नै गर्नुहुनेछ र त्यसपछिको केन्द्रीय कमिटीको बैठकको अध्यक्षमा पनि उहाँ निर्विकल्प हो ।’
एक वर्ष अघि बसेको स्थायी कमिटी बैठकले नै पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको थियो । तर हालसम्म त्यो निर्णय कार्यान्वयन हुन सकेन । स्थायी कमिटी बैठकको मिति तय गरेसँगै सचिवालयले त्यतिबेलै आएका सुझावका आधारमा विधान संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् सोमवार बसेको नेकपा सचिवालय बैठकका निर्णयहरू :
– यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने ।
– हालै सम्पन्न उपनिर्वाचन समीक्षाका क्रममा २२ गतेभित्र रिपोर्ट पठाउन भनिएकोमा केही कमिटीबाट रिपोर्ट अझै पनि प्राप्त नभएकाले ५ दिनभित्र सबै कमिटीले अनिवार्यरूपमा रिपोर्ट पठाउनुपर्ने र सचिवालयको अर्को बैठकमा महासचिवले ती रिपोर्टहरू पेश गर्ने ।
– संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ । यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने ।
– विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने ।
– केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने ।
– पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने ।
– पार्टी सचिवालयको आगामी बैठक यही मंसिर २७ गते अपराह्न बस्ने ।
– पार्टीको स्थायी कमिटी बैठक यही मंसिर २९ गते बिहान ११ बजेबाट शुरू हुनेगरी तय गरिएको छ । उक्त बैठक सामान्यतया २ दिनमा सम्पन्न गर्ने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस