काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बाेलाएका छन् ।
पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी हुनसक्ने संकेत मिलेपछि बालुवाटारमा सचिवालय बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीले स्वास्थ्यका कारण बैठकमा पूर्ण समय दिन नसक्ने भएपछि बैठक धुम्बाराहीमै बस्ने गरी बोलाउने तयारी भएको हो ।
सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए ।
पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो ।
बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस