काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी समितिकाे बैठक एक वर्ष पछि बस्ने भएकाे छ। बिधानतः ३/३ महिनामा बस्ने स्थायी समितिकाे बैठक एक वर्षपछि बस्न लागेकाे हाे।नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाए सँगै स्थायी समिति बैठक बाेलाउन लागिएकाे हाे।
पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाटदेखि पार्टीका बैठकसमेत राख्न थालेका छन्। कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र केही सहज भएकाले नेताहरूसँगको भेटघाट पनि बाक्लिदै गएको छ।
कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका हुन्। पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहेका माधव नेपाललाई भेटघाट र छलफल गरेका छन्। नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा बोलाएर पार्टी एकता र आगामी रणनीतिबारे छलफल गरेका छन्।
अध्यक्ष दाहालले सचिवालय बैठक २३ गते बोलाएका छन्। उनको अध्यक्षतामा २३ गते दोस्रो बैठक बस्नेछ। २३ गतेको बैठकपछि सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिएको छ।
गत बर्ष मंसिर २९ गते देखि पुस १२ गतेसम्म स्थायी कमिटीको बैठक बसेको थियो। त्यसयता स्थायी कमिटीको बैठक बसेको छैन। ‘अब बस्ने सचिवालय बेठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सम्भावना छ,’ एक सचिवालय सदस्यले भने, ‘सरकार पार्टीको समीक्षा गर्नका लागि पनि स्थायी कमिटीको बैठक आवश्यक छ भने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको छलफल लगायतका विषयलाई ध्यान दिएर स्थायी कमिटीको बैठक बस्नुपर्नेछ।’
स्रोतका अनुसार अब बस्ने स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पतालबाट निवास फर्केपछि बस्नेछ र सो बैठकमा ओली दाहाल दुवैले अध्यक्षता गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस