काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना सम्बन्धमा यही मङ्सिर १६ गते सार्वजनिक गरिएको जग्गाको मुआब्जा निर्धारण र त्यसप्रति स्थानीयवासीको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै सो निर्णयले आयोजनाको भविष्यलाई थप अन्योलतर्फ धकेल्ने भन्दै कांग्रेसले चिन्तासमेत व्यक्त गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रको आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण व्यावहारिक र वैज्ञानिक ढङ्गले नगर्दा स्थानीयवासीमा त्यसले आक्रोश उत्पन्न गरेको उल्लेख गरेका छन् । सो भेगका बासिन्दासँग पर्याप्त छलफल गरी विश्वासमा लिएर मुआब्जा निर्धारण गरिएको भए स्थानीयको असन्तुष्टि एवं आक्रोश नजन्मने विज्ञप्तिमा जनाइएको छ ।
“मनोगत ढङ्गले निर्धारित मुआब्जा मूल्यले नागरिकको मनोभावनामा चोट त पु¥याएको छ नै त्यसका विरुद्ध रोष प्रदर्शन गर्न स्थानीयवासी बाध्य भएका छन्”, विज्ञप्तिमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा स्वर्णीम वाग्लेको संयोजकत्वको कार्यदलको अध्ययनको निष्कर्षका आधारमा एक हजार २०० मेगावाटको सो परियोजना आफँैले निर्माण गर्ने निर्णय गरेको थियो ।
“बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि डिजेल र पेट्रोल खरिदमा प्रतिलिटर रु पाँचका दरले उपभोक्तामार्फत रकम सङ्कलन गर्दा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको छ तर शान्ति, संविधान र निर्वाचनपछि सो परियोजना निर्माणको विषयले तीव्र गति लिने अपेक्षाविपरीत वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एकपछि अर्को घटनाका साथ अन्योलमा पर्दै गएको छ । न्यून मुआब्जा प्रकरण त्यसको पछिल्लो उदाहरण बन्न पुगेको छ”, प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विकास परियोजना सञ्चालन गर्न स्थानीयवासीलाई विश्वासमा लिनुपर्नेमा यही मङ्सिर १६ मा सार्वजनिक जग्गाको न्यून मुआब्जाले नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउनेतर्फ लक्षित देखिएको कांग्रेसको आरोप छ । सो मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई कांग्रेसले आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस