काठमाडौं– सरकारका मन्त्री, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र नेकपाका केन्द्रिय सदस्यले पत्रिकामा प्रकाशित समाचार प्रति गम्भिर असहमति राखेका छन्।
प्रधानमन्त्री केपी शर्माको उपचार अमेरिकामा गर्ने र सागमा मन्त्रीहरुहरुलाई खेलकुद मन्त्रालयले बजेट विनियोजन गरेको समचारको तथ्य पुष्टि गर्न मन्त्रीहरुले चुनौती दिएका हुन्।
परराष्ट्रय मन्त्री प्रदीप ज्ञवालीले आफ्नो नाम जोडेर समाचार आएको प्रति आपत्ति जनाए। ‘१३औं सागको सन्दर्भमा मेरो नामसमेत जोडेर नयाँ पत्रिकामा प्रकाशित समाचारबाट अचम्भित भएको छु।’ परराष्ट्रमन्त्री ज्ञवाली लेख्छन्,‘त्यस्तो सुविधा दिने निर्णय भएको भए त्यस सम्बन्धमा कुनै जानकारी समेत नभएको, कुनै सुविधा नलिएको र लिनु आवश्यक पनि नरहेको स्पष्ट पार्दै यस्ता भ्रामक समाचार प्रकाशित नगर्नुहुन अनुरोध गर्दछु।’
सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले कडा शब्दमा समाचारको प्रतिवाद गरेका छन्। फेकन्युज आएको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘नेपाली पत्रकारिताको विश्वशनियतालाई लिएर पुनः चिन्ता उत्पन्न गराएको छ।’ बाँस्कोटाले समचारको तथ्य पुष्टि गर्न चुनौती दिदै भन्छन्,‘समाचारको तथ्यपरक पुष्टि गर्न म सम्बन्धित सञ्चार गृहलाई चुनौती दिन्छु । साथै फेकन्युजकारिता नगरी तथ्यकारिता गर्न सुझाव पनि दिन्छु।’
आजै प्रकाशित अर्को समाचारलाई लिएर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल क्रुद्ध भएका छन्। प्रधानमन्त्रीको उपचारका लागि अमेरिका जाने तयारी प्रतिको समाचारमा उनको असन्तुष्टि थियो। रिमाल प्रश्न गर्छन्,‘कुन ’तत्व’ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला?’समाचारलाई उनले उडन्ते परिभाषित गरेका छन्। ‘मिडियामा आउने यस्ता “उडन्ते“ समाचार देख्दा दुख मात्रै हैन, मीडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ।’ थप रुष्ट हुँदै लेख्छन्,‘मूलधारका मिडियाहरूले आफूलाई यसरी “बतासे“ नबनाए उनीहरू कै भलो हुने थियो की?’
मन्त्रीहरु तथा प्रधानमन्त्रीको खण्डन आएपछि नेकपाका विदेश विभाग उप प्रमुख विष्णु रिजालले तथ्य भए पुष्टि गर्न वा क्षमायाचना गर्न मिडियालाई सुझाव दिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस