काठमाडाैं-२०७६ साल मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचन २०७६ मा संघीय संसद, प्रदेश र स्थानीय तहका बहुसंख्यक पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयी हासिल गर्दैगर्दा भरतपुर महानगरपालिका–१६ मा भने हार ब्येहोर्नुपरेको घटना चर्चाको विषय बनेको छ ।
चितवन जिल्ला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो । तर चितवनमा नेकपाले गुमाएको छ । चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ को वडा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ती वडामा पूर्व नेकपा एमालेले जितेको थियो । चितवनजस्तो राजनीतिक रुपमा सचेत जनमत भएको जिल्लामा नेकपाले हार ब्येहोर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।वास्तवमा परिणामलाई प्रचण्ड र उनकी छोरी रेणुको कार्यशैली र व्यवहारलाई मतदाताहरुले अनुमोदन नगरेको रुपमा विश्लेषण गरिदैछ ।
यस परिणामलाई कांग्रेसको जित र नेकपाको हारका रुपमा नभई प्रचण्ड र रेणु दाहालहरुको अहम र दम्भको परिणामको उपज हो भन्ने धेरैको मत रहेको पाइन्छ ।पार्टी एकतापछि नेकपाको विजय झन सुनिश्चित हुनुपर्नेमा उल्टो परिणाम आउँदा यसबारे गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने परिस्थिति नेकपाका लागि आएको छ ।
स्वयम् प्रचण्डका लागि भविष्यको संसदीय राजनीतिमा गम्भीर खतरा र संकटको पूर्व संकेत त हुँदै हो । यसबाट समयमै पाठ सिकेर अघि बढ्न प्रचण्डलाई शिक्षाका रुपमा समेत यस परिणामलाई हेर्नुपर्ने टिप्पणी समेत गर्न थालिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस