जलेश्वर– महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन्। जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरीले तीन हजार २४९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याएका थिए।
त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका विपिन पञ्जीयार सुडीले ४६१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएका थिए।
यसैगरी बलवा नगरपालिकाकै वडा नं ८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका थिए।
त्यसैगरी मटिहानी नगरपालिका–६ को वडाध्यक्ष पदमा राजपा नेपालका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित भए। उब्का निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याएका थिए।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपाल विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ। अन्य तीन स्थानमा पुनः पहिले जितेका पार्टीनै दोहोरिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस