काठमाडाैं-सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ। चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ।
दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजनासहित संगठन विभागले कार्ययोजना तयार पारेको छ। विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ।
अब त्यो कार्ययोजना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समक्ष छलफलका लागि लगिने छ। पार्टीबाट पारित गराइ कार्यान्वयनमा लैजाने गरी तयारी भएको विभाग सदस्य हरि अधिकारीले जानकारी दिए।
‘संगठन विभागले के–के काम कसरी गर्ने भन्ने कार्ययोजना बनेको छ, अब पार्टीका दुई अध्यक्षलाई देखाएपछि उनीहरूको अनुमतिमा विभागले सदस्य परिचालन नीति बनाउँछ’, विभागका सदस्य अधिकारीले भने।
नेकपाका झण्डै ७ लाख संगठित सदस्य छन्। तत्कालीन एमाले र माओवादी एकतापछि पार्टी सदस्यको अभिलेख राख्न विभाग जुटेको छ।
विभागलाई पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने र प्रमाणित गर्ने, आवश्यकताअनुसार सदस्य तथा संगठित सदस्यको स्थानान्तरण गर्ने, पार्टीका संगठित सदस्य र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको वर्गीय, जातिय, भाषिक, लैङ्गिक तथा प्रादेशिक प्रतिनिधित्त्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्नेलगायतका १२ वटा अधिकार पार्टी नियमावलीमा ब्यवस्था गरिएको छ।
पार्टीका हरेक संगठित सदस्यले वर्षभरमा कम्तीमा ४ जना पार्टी सदस्य अनिवार्य बनाउनु पर्ने कार्ययोजनाले समेटेको छ। योजना अनुसार काम भए दुई वर्ष भित्र ३२ लाख पार्टी सदस्य पुग्ने छन्।
‘अहिले रहेको सदस्य संख्या दुई वर्षभित्र चारगुण बढी बनाउन पनि हरेक संगठित सदस्यलाई चार जना सदस्य बनाउनु पर्ने नियममा बाध्न खोजिएको हो’, विभागका एक नेताले भने। हरेक पार्टी सदस्यलाई कमिटी मातहात, अल्पमतलाई बहुमत मातहात राखिने योजना विभागको छ।
पार्टी सदस्यता नवीकरणका लागि म्याद तोकेरै आन्तरिक सर्कुलर जारी गर्ने र म्यादभित्र तोकिएको शुल्क तिरेर नवीकरण नगरे पुनः सदस्यता नयाँ प्रक्रियाबाट लिनुपर्ने प्रस्ताव बनेको छ।
पार्टी एकतायता पार्टी सदस्यको अभिलेख व्यवस्थित नहुँदा नियमित लेबी उठेको छैन। पार्टीका संघीय सांसदमा समेत सांसदमा अझै उसका दुई थरी लेबी छन्। तत्कालीन एमाले तर्फकाले मासिक १३ हजार माओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ लेबी बुझाउँदै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस