भक्तपुर- आगामी मंसिर १४ गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका क्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर आफ्नो चुनावी अभियानलाई व्यापक बनाएको छ ।
नेकपा भक्तपुरको आयोजनामा हुने उक्त चुनावी सभा चाँगुनारायण नगरपालिकाको वडा नं. ४, नारायणटारमा दिनको ठिक २ बजे नेकपा भक्तपुरको तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारको लागि देवीप्रसाद ढकाल (डिपी)लाई विजयी गराउन भोली मंसिर ११ गते नेकपाका अध्यक्ष प्रचण्डद्वारा चुनावी सभामा विशेष सम्बोधन गर्ने भएका छन् । अध्यक्ष प्रचण्डको साथमा विशेष अतिथिका रुपमा नेकपाका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले समेत सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
सुखी नेपाली, समृद्ध नेपालको नारा, सम्मुनत भक्तपुर निर्माणको हाम्रो अभिभार भन्ने मुख्य नाराका साथ आयोजना गरिएको उक्त बृहत चुनावी सभाको लागि चाँगुनारायण नगरपालिका वडा नं. १, २ र ३ का गेलाल गाउँ, चाँनपा ५ र ९ तथा भक्तपुर नगरपालिका वडा नं. १० का देकोचामा स्थानीयवासी, नेकपाका नेता तथा कार्यकर्ताहरु भेला भई दिनको ठिक १ बजे र्यालीसहित कार्यक्रमका लागी उपस्थित हुन समेत आयोजकले आग्रह गरिएको छ ।
भक्तपुरमा नेकपाका उम्मेदवार ढकाललाई विजयी गराउन नेकपाका विशिष्ठ व्यक्तिहरुले व्यापक मात्रामा साथ र सहयोग गरेका छन् । जसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को तर्फबाट प्रतिनिधिसभाका सांसद महेश बस्नेतले गरिरहेका छन् । बस्नेतलाई भक्तपुरको विकासको पहरेदारको रुपमा समेत लिईन्छ । पद र प्रतिष्ठा भन्दा माथि उठी उहाँले समृद्ध भक्तपुर र सुखी भक्तपुरको जनता बनाउन विशेष भुमिका निर्वाह गर्नुभएको स्थानीयवासीले बताएका छन् ।
देशभर नेकपाको अभियानसँगै जनताको सहभागिता समेत उत्साहजन रहेको छ । स्थानीय, प्रदेश तथा संघको उपनिर्वाचनका लागि कास्की क्षेत्र नं. २ मा संघ, भक्तपुर क्षेत्र नं. १ (क) र दाङमा प्रदेश सभा तथा धरान उपमहानगरपालिका लगायतका स्थानीय तहहरुमा निर्वाचन हुँदैछ । धरान र पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा चुनावी सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस