पोखरा– नेपाली काँग्रेसकी नेत्री एवं राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले संविधानको कार्यान्वयन गर्न वर्तमान सरकार असफल भएको बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसार अन्तर्गत काँग्रेस कास्कीद्वारा आज पोखरामा उनले संविधानले गरेका व्यवस्थालाई पनि सरकारले कार्यान्वयनमा लान नसकेको आरोप लगाए ।
विकास र समृद्धिको नारा लिएको सरकारले दैनिक एक हजार ५०० युवा विदेशिएको टुलुटुलु हेरेर बसेको भन्दै उनले लगानीमैत्री, युवामैत्री वातावरण सिर्जना गरी विदेशिएका युवालाई स्वदेशमै काम लगाउनुपर्नेमा जोड दिए । भ्रष्टाचार, महिला हिंसा, कर, दण्डहीनता, सुशासनलगायत विषयमा सरकार असफल बनेको उल्लेख गर्दै उनले सरकारलाई सही मार्गमा हिँडाउनका लागि पनि यस उपनिर्वाचनमा काँग्रेसले जित्नुपर्ने धारणा राखे ।
यसैबीच नेपाली काँग्रेस कास्कीले क्षेत्र नं २ का सबै मतादातसँगको भेटघाट सकिएको जनाएको छ । एक पटक सबै मतादातासँग भेट गरी मतदाताका गुनासो सुन्ने र पार्टीको धारणा स्पष्टसँग राख्ने काम भएको कास्कीका पार्टी सभापति एवं निर्वाचन परिचालन मूल समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस