काठमाडौं -पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पछिल्लो समय केही विवादीत सम्बोधनका कारण चर्चाको शिखरमा छन् । सिंगो देशको नै चर्चामा रहेका घटनाको बारेमा देउवाले गरेको सम्बोधनले उनी आलोचित पनि बन्दै गइरहेका छन् । उपनिर्वाचनको संघारमा रहेका राजनीतिक दलहरु एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडेर शनिबार सभापति देउवाले गरेको सम्बोधनको चर्चा सामाजिक सञ्जालदेखि मिडियासम्म व्यापक भएको छ । त्यसोत, यसअघि पनि देउवाको सम्बोधनले उनीमात्रै नभई सिंगो पार्टीले नै आलोचना खेप्न परेको थियो । देउवाले बोलेका यस्ता सम्बोधनले कांग्रेसको सिंगो राजनीति तथा पार्टी कार्यकर्तालाई धेरै असहज हुने गरेको नेताहरु बताउँछन् । प्रमुख प्रतिपक्षी दलको सभापति जस्तो पदमा रहेका व्यक्तिले आवेगमा भन्दा पनि सर सल्लाहमा सम्बोधन गर्नपर्ने विश्लेषकहरुको तर्क छ ।
घटना १
केही समयअघि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगायो । देउवाले विप्लव समूहप्रति सरकारले लगाएको प्रतिबन्धको स्वागत गरे । विप्लवलाई प्रतिबन्ध लगाएको भोलिपल्टै विराटनगर पुगेका देउवा विप्लवप्रति आक्रमक रुपमा प्रस्तुत पनि भए । उनले भनेका थिए–‘विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरुमाथि पनि उनको त्रास थियो । प्रतिबन्ध मात्र होइन उसलाई कारबाही नै गर्नुपर्छ ।’ विप्लव समूहलाई कारबाही नै गर्नुपर्छ भनेर बोलिसकेका देउवाको बोली लामो समय टिक्न सकेन् । भावनात्मक हिसाबले बोलेका देउवाले विप्लवको पार्टीको प्रतिबन्धका विषयमा क्रमश ः सरकारको आलोचना बढ्दै गएपछि आफ्नो बोली पनि फेरे । उनले राजनीतिक दललाई प्रतिबन्ध लगाएर मात्र समस्याको समाधान नहुने भन्दै वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताए ।
घटना २
केही महिनाअघि सरकारले डा. सीके राउतसंग गरेको सम्झौता गर्यो । उक्त सम्झौताको स्वागत देउवाले खुलेरै गरे । तर, केही समयपछि देउवाले बोली फेर्दै यो सम्झौता राष्ट्रघाति भएको भन्दै प्रतिक्रिया दिए । सम्झौताको केहीबेरमै स्वागत गरेका देउवाले त्यसको ती चार दिनपछि आफ्नो बारेमा आफैं प्रष्ट नभएको जस्तो सम्बोधन गरे । ‘राष्ट्रघाति सम्झौता’ भएको टिप्पणी गर्न भ्याएका सभापति देउवाले चारदिनपछि आफूले उक्त दस्तावेज नै नपढेको स्वीकार गरे । उनले भने–‘सीके राउतसंग भएको सम्झौतालाई हामीले राष्ट्रघाति सम्झौताका रुपमा लिएका छौं । तर, मैले पढ्न पाएको छैन्, पढ्छु । देश टुक्र्याउने कुरा हामीलाई स्वीकार्य हुँदैन् ।’
घटना ३
बम विस्फोट एंव ईंटाभट्टामा जिउँदै मानिस पोलेको आरोपमा पक्राउ परेका रौतहटका सांसद मोहम्मद अफताब आलमको बचाऊमा देउवाले बोले । उनले अफताबको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको संज्ञा दिए । १२ वर्षअघि भएको घटनालाई कोट्याएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको उनको टिप्पणी थियो । उक्त सम्बोधनबारे सोसल मिडियामा चर्को आलोचना खेपेपछि उनले विज्ञप्ति नै जारी गरेर आलममाथिको अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने बताए । विवादमा तानिएपछि उनले ‘अस्पष्टता र अन्यौल निवारणार्थ’ भन्दै विज्ञप्ति जारी गरेका थिए । उनले पूर्वाग्रह र दबावबाट मुक्त रहेर आलममाथिको अनुसन्धान हुनुपर्ने बताउँदै स्पष्टिकरण दिए–‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पूरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’
घटना ४
देउवाको पछिल्लो विवादीत सम्बोधन ताजै छ । कास्की क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका देउवाको सम्बोधनको विरोध अहिलेपनि भइरहेको छ । सभापति देउवाले प्रधानमन्त्री केपी ओलीसंग सल्लाह गरेर नै भारतले सीमा मिचेको आरोप लगाए । उनले भनेका छन्–‘ओलीसंग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यस्सै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन ।’ यसबारे देउवाले बोली फिर्ता गरिसकेका भने छैनन् । नेकपाका केन्द्रीय तहका नेतादेखि सामाजिक सञ्जालसम्म देउवाले बोली फिर्ता लिँदै माफी माग्नसमेत सुझाव दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस