काठमाडाैं-उपविर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार भोट माग्दै जनताका घरदैलोमा पुग्न थालेका छन् । उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर गाउँ बस्तीमा भोट माग्दै घरदैलो गरिरहेका छन् ।
संखुवासभाका रिक्त मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी–३ को वडा अध्यक्ष पदका लागि उम्मेदवारहरू प्रचार–प्रसार र घरदैलो अभियानसँगै मतदाता आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
दलका उम्मेदवार मतदातासँग भोट माग्दै मतदाताको आशीर्वाद लिँदै घरघर पुग्न थालेका छन् । संखुवासभामा सत्तारुढ नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
संखुवासभाको मकालु गाउँपालिकामा सत्तारुढ दल नेकपाबाट तेज बहादुर पोख्रेल र कांग्रेसबाट विमन पराजुली मैदानमा छन् ।
समाजवादी पार्टीका उम्मेदवार नुर्ब शेर्पा पूर्वकांग्रेस कार्यकर्ता हुन् । कांग्रेस कार्यकता शेर्पा समाजवादी पार्टी प्रवेश गरेका कारण नेकपा सहजै आफ्नो पक्षमा नतिजा आउनेमा ढुक्क छ ।
नेकपा मकालु गाउँपालिका अध्यक्ष उम्मेदवार स्वर्गीय खड्ग कटुवालका अधुरा सपना तथा योजना पूरा गर्नमा ढुक्क हुन मतदातालाई आग्रह गरिरहेका छन् नेकपाका उम्मेदवार ।
मकालु गाउँपालिका तत्कालीन एमाले खड्ग कटुवालले जितेका थिए । पूर्वएमाले र पूर्वमाओवादीको भोट संख्या कांग्रेसको भन्दा २ हजारभन्दा बढी भएका कारण सहजै आफ्नो पक्षमा नतिजा आउने नेकपाका सांसद पूर्णप्रसाद राई बताउँछन् ।
दुई प्रदेश सभा र एक संघीय सांसद नेकपाले नै जितेको छ । आफ्नो पक्षका उम्मेदवारलाई चुनावमा विजयी बनाउन नेकपाका केन्द्रीय नेता कार्यकर्ता र जिल्लाका आधा दर्जन सांसद र पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय विधान समितिका सभापति परशु मेघी गुरुङसहितको टोली गाउँमा छ ।
कांग्रेस आफ्नो साख फर्काउने पक्षमा छ । अघिल्लो चुनाव कांग्रेसका पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जितेका थिए । उनीहरू यो पुरानो साख फर्काउन मत माग्दै घरघर पुगिरहेको कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले बताए ।
कांग्रेसका उम्मेदवार विमनले भने आफू विजयी भए मकालु गाउँपालिका स्थानीय सरकारले जनताको ढाड सक्ने काम गरेकाले आफू आएपछि मकालुमा वृद्धि गरेका अन्य विभिन्न क्षेत्रका लगाएका करको दर घटाउने आश्वासन दिँदै मत माग्दै छन् ।
उता खाँदबारी–३ का नेकपाका उम्मेदवार भरत घिमिरेले आफू निवार्चित भएपछि पहिलो प्राथमिकता स्वर्गीय तोयानाथ ढुंगानाको अधुरा सपना पूरा गर्ने बताइरहेका छन् । उनले आफू विजयी भए घरघरमा सडक र विद्युत् विस्तार गर्न प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
उम्मेदवारहरु आ–आफ्नो एजेन्डा लिएर विद्यार्थी, शिक्षक, व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारीका घरमै पुगेर मत मागिरहेका छन् ।
मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय ३० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल जीप दुर्घटनामा र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको हृदयाघातका कारण मृत्यु भएको थियो ।
निर्वाचित दुवै अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका हुन् । गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचनमा समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, संघीय लोकतान्त्रिक मञ्चलगायतका साना सात दलबाट समेत उम्मेदवारी परेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस