काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।
जनकपुरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग संयोजक महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताए । उनले भने, “देशमा काँग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पूरा गर्न लागेका छौँ, तर समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावना छैन ।”
उनले राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको भन्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको बताएका छन् । महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनाअनुरूप वैकल्पिक शक्ति निर्माणमा सहयोग गर्न आग्रह गर्दै भने, “लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको छ ।”
मन्त्रिमण्डल पुनर्गठनको विषयमा उहाँले प्रतिपक्षी दल भएकाले पार्टीको चासोको विषय नभएको बताउँदै महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताएका छन् । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरुविरुद्धको मुद्दा फिर्तालगायतका माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् । उनले भने, “हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस