काठमाडौँ – कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रनुभएका नेकपा उम्मेदवार विद्या भट्टराईले अब जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसकिने बताएका छन् । विज्ञान र प्रविधिको विकासले हरेक काम तत्काल सबैलाई थाहा हुने भएकाले अब जो कोही पनि जनतालाई ढाँटेर र भ्रमको खेती गरेर नेता बन्न नसक्ने भन्दै उनले पारदर्शी राजनीतिबाट मात्र राजनेता बन्न सकिने बताएका हुन् ।
निर्मलपोखरीको दम्सादीमा ८७ वर्षीया जशोदा आचार्य र ९२ वर्षीय खेमराज आचार्यबाट आशिर्वाद लिँदै घरदैलोपश्चात्को कोणसभामा भट्टराईले नेतालाई जिम्मेवार बनाउन जनताको ठूलो भूमिका हुने कुरामा जोड दिएका छन् । उनले भने, “नेताले नेतृत्व लिइरहँदा कहिलेकाहीँ बाटो बिराउन सक्छन्, त्यसतर्फ सचेत बनाउन जनताको ठूलो भूमिका हुन्छ ।”
आफूमाथि आम नागरिकको विश्वासले जीवनको महत्वपूर्ण समयलाई अब राजनीतिमा होमेर सामाजिक परिवर्तनका लागि चुनावी मैदानमा उत्रिएको उनको भनाइ थियो । सही समयमा सही निर्णय गर्नसके पछुताउनु नपर्ने भन्दै नेकपा जनताको समस्यालाई समाधान गर्नसक्ने पार्टी भएको बताए । उम्मेदवार भट्टराईले समृद्ध नेपाल राष्ट्रिय सङ्कल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढतासमेत व्यक्त गरेका छन् ।
समृद्धिको सपना साकार पार्न पाँच वर्षका लागि पाएको जनादेश दुर्घटनावश फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आउनुपरेको भन्दै जनताको विश्वास टुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । पोखरा–२१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा–२१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश परेका थिए ।
यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले ¥याली निकालेको छ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा ¥याली निकालिएको हो । सिर्जनाचोकबाट शुरु भएको ¥याली जाल्पारोड, बगालेटोल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल नेपाल महिला सङ्घका निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टीभन्दा माथि उठेर महिला नेत्री विद्या भट्टराई अधिकारीलाई जिताउनुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस