काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् । यही मङ्सिर ७ गते उनि मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले मङ्सिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रसिया सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिनुहुनेछ भने रसियाका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्ने छन् ।
भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मङ्सिर ११ गते बेल्ग्रेड पुग्ने छन् । नेपाल र तत्कालीन युगोस्लाभियाअर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्ने छन् ।
बेलग्रेडमा उनि स्थानीय उद्योग वाणिज्य सङ्घ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनेछन् ।
मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासङ्घको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनेछन् । सर्विया भ्रमणदलमा सचिव वैरागीसहित उक्त देशका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनाल र अन्य सरकारी अधिकारी रहनेछन् ।
यही मङ्सिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फ़र्किनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस