काठमाडौं : नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्।
मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए।
सपथ लिने नवनियुक्त मन्त्रीमा हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन्।
त्यस्तै, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्। सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मा कानुनमन्त्री भानुभक्त ढकाललाई दिइएको छ।
हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि पदमुक्त भएका छन्। हटाइएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस