काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार श्रमिकमैत्री भएको बताएका छन् । श्रमिकको अन्तरराष्ट्रिय संस्था ‘यु एण्ड आई’ को एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा तय गरेर श्रमिकमैत्री वातावरण बनाएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिर्वतन धेरै चरणमा भएको उल्लेख गर्दै अब आर्थिक विकासमा सरकार केन्द्रित रही सम्पूर्ण नेपालीको जीवनस्तर उकास्ने बताए । उनले श्रम र श्रमिकका विषयमा सरकारले नीतिगत र कार्यक्रममै व्यवस्था गरेर अघि बढेको र नेपालमा रोजगारी गरेर बसेका विदेशीलाई पनि राम्रो वातावरण दिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानमै श्रमको हकलाई मौलिक हकमा राखी श्रम र श्रमिकलाई सुरक्षा र हकअधिकारलाई उचित व्यवस्था गरेको स्पष्ट पारे । उनले विदेशमा काम गर्ने नेपाली श्रमिकले विप्रेषणका साथै सीप र प्रविधि पनि भित्र्याउन आग्रह गरे । एशिया प्रशान्त क्षेत्रका उपमहासचिव राजेन्द्रकुमार आचार्यले श्रमिकको साझा समस्याका बारेमा छलफल गरी समाधान खोज्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको जानकारी दिएका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा २० देशका करीब ६०० प्रतिनिधि रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस