काठमाडाैं-नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलको चाैथाे महाधिवेशनबाट आएको केन्द्रीय समितिको कार्यकाल सकिएसँगै साेमबारबाट स्वतः भंग भएको छ ।
२७ देखि ३० कात्तिक, २०७३ मा पोखरामा भएको तरुण दलको तेस्राे महाधिवेशनले जीतजंग बस्नेतको नेतृत्वमा चार सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । निर्धारित मितिमा महाधिवेशन नसकिएपछि २ मंसिर २०७३ मा बस्नेतको नेतृत्वमा तरुण दल केन्द्रीय समिति घोषणा गरिएको थियो ।
तरुण दलको विधानले संगठनको कार्यकाल ३ वर्ष हुने व्यवस्था गरेको छ भने नेपाली कांग्रेसको विधानमा कार्यकाल समाप्त भएका भ्रातृ संस्थाले निर्धारित समयमा महाधिवेशन गर्न नसके स्वतः भंग हुने व्यवस्था छ ।
तरुण दलको ३ वर्षे कार्यकालमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति हुनुपर्नेमा ९१ जना पदाधिकारी र सदस्यको चयन नगरी बस्नेत नेतृत्वको तरुण दलको कार्यकाल समाप्त भएको हो ।
चार सदस्यीय तरुण दल केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ थिए । गत भदौमा पार्टीले संचालन गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई लिएर असन्तुष्टि व्यक्त गरेका महासचिव भूपेन्द्रजंग शाही कारबाहीमा परेका थिए ।
तरुण दल अध्यक्ष बस्नेतद्वारा शाहीलाई संगठनको साधारण सदस्यबाट हटाएको एक घण्टा पनि नबित्दै शाहीले पनि अध्यक्ष बस्नेतलाई कारबाही गरेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
तरुण दलका महासचिव शाहीले आफ्नो कार्यकालमा भ्रस्टाचारविरुद्ध भ्रष्टाचार मुक्त नेपाल, १० हजार युवालाई स्वरोजगार बनाउन उद्यमशीलता, ‘एक घर एक तरुण’ अभियान प्रस्ताव गरेर पनि सञ्चालन हुन नसकेको जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस