काठमाडौं-एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले नेकपाका अध्यक्ष छन्।
उनीहरुकै भाषामा एउटा जेटका दुई पाइलट। सरकारको समेत नेतृत्व गरिरहको पार्टीका यी दुई अध्यक्ष बीच हरेक दिनजसो भेटघाट हुन्छ।
सरकार, पार्टी र अन्य महत्वपूर्ण विषयमा छलफल हुन्छ। तैपनि उनीहरुबीच विश्वासको वातावरण बन्न सकेको छैन |
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएको १७ महिना तथा ओलीको नेतृत्वमा सरकार गठन भएको २० महिना भइसक्दासमेत यी दुई नेताको मन र मत मिल्न नसकेकै कारण केही महत्वपूर्ण निर्णयमा ढिलाई हुने गरेको छ।
दुई अध्यक्षबीच पटकपटक घन्टौँ वार्ता हुँदा पनि धेरै विषयमा कुरा मिल्न नसकेको आजको कान्तिपुरले समाचार छापेको छ |
समाचार अनुसार पछिल्लोपटक मन्त्रिपरिषद हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक र द्वन्द्वकालिन न्यायसम्बन्धी आयोगहरुमा पदाधिकारी नियुक्तिका विषयमा उनीहरुबीच सहमति जुटेको छैन।
‘दुई अध्क्षबीच पटकपटक लामो कुराकानी हुन्छ, तर के विषयमा कुरा गर्नुहुन्छ, त्यो सबै हामीलाई भन्नुहुन्न,’ महासचिव विष्णु पौडेलले भने, ‘पार्टी र सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी गर्नुहुन्छ होला।’
यति धेरै वार्ता भइरहँदा पनि उनीहरुबीच बेला बेला सार्वजनिक रुपमै विवाद र असन्तुष्टि देखिने गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस