काठमाडाैं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भीआईपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला ।
तर, भीआईपी पाहुना भट्टराईले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाए । पर्यटनमन्त्री भट्टराईले एक साताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यता कस्तो छ ।
बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थल विश्वकै सुविधायुक्त विमानस्थल मानिन्छ । पर्यटनमन्त्री भट्टराईले भीआईपी पाहुना हुँदा पनि उक्त विमानस्थलमा झण्डै एक घण्टाको अवधिमा लगेज लिए । ‘म नेपालको पर्यटनमन्त्री ‘भीआईपी पाहुना’ छिटो बाटो भएर (फाष्ट ट्रयाक)बाट गएको घडी हेरेर, ४५ मिनेटमा लगेज लिएँ । मसँगै गएका अन्य साथीको कति समय लाग्यो होला, त्यसको अनुमान सहजै गर्न सकिन्छ, विश्वको सुविधासम्पन्न विमानस्थलको त यस्तो हालत छ भने विरोधका नाममा विरोध नगराैं,’ उनी भन्छन् ।
भ्रमण वर्ष पूर्व तयारीबारे हालै राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टराई निकै भावुक र आक्रोशित रूपमा प्रस्तुत भए ।
निजीक्षेत्रको प्रतिनिधित्व गर्ने एक पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारी नपुगेको, पदयात्रा र पर्वतारोहणमा बेथिति बढेको तथा विमानस्थलको बेतिथिदेखि सडक सञ्जालसम्मको दूरावस्थाको कहानी सुनाइरहेका थिए ।
व्यवसायीलाई सुनिरहेका पर्यटनमन्त्री भट्टराईले अन्तमा पर्यटन क्षेत्रमा भइरहेका सकारात्मक प्रगतिको फेहरिस्त यसरी प्रस्तुत गरे–
बेलायतलगायत विकसित मुलुकमा पनि लगेजमा ढिलाइ हुन्छ । अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ ।
बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ । तर, नेपालको साँघुरो अन्तरराष्ट्रिय विमानस्थल । जहाजबाट ओर्लेपछि १५ मिनेटमा लगेज लिने स्थानमा पुगिन्छ । अनि लगेज ढिलो आयो भनेर ‘चार घण्टा यति दिन लगेज पाइँदैन’ भनेर गुनासो गरिन्छ ।
पर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्छन् । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिरहेका उनी गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीलाई लिएर विमानस्थल पुगे ।
विमानस्थलका कर्मचारी मन्त्री आएको पत्तो पाउँदैनन् । मन्त्री भट्टराई कहिले एक्लै त कहिले मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि लिएर आकस्मिक रूपमा विमानस्थल निरीक्षणमा पुग्छन् । यो जानकारी पनि उनले सोही कार्यक्रममा दिए ।
विश्वभर वार्षिक ७ प्रतिशतका दरले हवाई यात्रु बढिरहेका छन् । नेपालमा वार्षिक १३ प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । अबको पाँचदेखि १० वर्षभित्र काठमाडौँ विमानस्थलले यात्रु थेग्नै नसक्ने भएकै कारण सन् २०२० को मार्चबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस