काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट ६ जना एकसाथ बाहिरिएका छन्।
बिदा हुनेमा अधिकांश प्रेससँग सम्बन्धित टोली छ। प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलले सचिवालय छाडेका हुन्।
त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने (डिकोडर) उदय पोखरेल छन्।
सचिवालयबाट बाहिरिएकाहरुलाई पछिल्लो समय प्रधानमन्त्री ओलीसँग भेटघाट गर्न दिइएको थिइएन। ‘हाम्रो प्रधानमन्त्रीसँग कुनै कुरा भएको छैन’, सचिवालयबाट बाहिरिने मध्येका एकले भने, ‘प्रधानमन्त्रीले सामान्यता बालुवाटारको माथिल्लो तल्लामा भेटघाट गरिरहनु भएको छ। त्यहाँ हामीलाई जान दिइएको थिएन। बाहिरिने विषयमा प्रधानमन्त्रीसँग कुनै कुराकानी भएको छैन।’
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई प्रधानमन्त्रीले यथावत् राखेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस