काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी फेरि कहिल्यै उठ्ने नसक्ने गरी पतनको दिशातर्फ अघि बढिरहेको विश्लेषण गरेका छन् ।
विहीवारदेखि काठमाडौंमा शुरु भएको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले नेकपा कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेपाली कांग्रेसजस्तै औपचारिक प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको उल्लेख छ ।
डा भट्टराईले प्रतिवदेनमा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल नेपाली कांग्रेसकै कित्तामा पुगेको उल्लेख गरेका छन् ।
नेकपा बलियो पार्टीका रुपमा रहिरहन नसक्ने तर्क डा भट्टराइले उल्लेख गरेका छन्, ‘दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’
उनले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
मसाल, नेकपा (वैद्य), नेकपा (विप्लव), नेमकिपा, माले शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेको र तिनले सत्तारुढ नेकपाकै उपग्रही विचार बोकेको टिप्पणी डा भट्टराईले गरेका छन् । विप्लवले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरेको उनको विश्लेषण छ ।
भट्टराईले राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको उल्लेख गरेका छन् । राजपासँग धेरै एजेण्डाहरु मिल्ने र एकता प्रकृया पनि चलिरहेको भन्दै उनले एकतालाई निष्कर्षमा पुराउने पर्ने भट्टराइले उल्लेख गरेका छन् ।
‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् । यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्याउने प्रयत्न गर्नु पर्दछ’ भट्टराईले लेखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस