काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्।
केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ।
प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सरकारबाहिर रहेका र सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र जनार्दन शर्मालाई मन्त्रीमा सहभागी गराउने तयारी छ।
त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भूषाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी रहेको छ।
वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विराध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ। तर उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन।
‘रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै रहेको छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार अग्नि सापकोटा पनि पुनर्गठित मन्त्रिपरिषद्मा पर्नेछन्।
त्यस्तै, मधेसी कोटामा प्रभु शाह वा रामेश्वर यादव पर्ने सम्भावना रहेको छ। साथै सभामुख नेकपा आफैले राख्ने भएपछि उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राम्रै मन्त्रालय दिने तयारी छ भने रघुवीर महासेठलाई राजीनामा गराएर उनकी पत्नी जुली महतोलाई पनि मन्त्री बनाउने सम्भावना रहेको छ।
सुरेन्द्र पाण्डेले पुनर्गठित मन्त्रिपरिषद्मा अर्थ वा परराष्ट्र मन्त्रालय सम्हाल्नेछन्। हालको मन्त्रिपरिषद्मा रहेका उपेन्द्र यादवले राजीनामा दिए भने हालका गृहमन्त्री रामबहादुर थापा उपप्रधान तथा गृहमन्त्री बन्नेछन्। यदि यादवले राजीनामा नदिए उनी यथावत् रहने स्रोतको दाबी छ।
पार्टी महासचिव रहेका विष्णु पौडेलले आफू मन्त्री नहुने बताइसकेकाले उनको सम्भावना नरहेको स्रोतले बताएको छ। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, कानुनमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत यथावत् रहनेछन् भने अन्य मन्त्रीहरूको हकमा केही भन्न नसकिने स्रोतले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस