काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता सचिवालयका सदस्यहरू (सल्लाहकार तथा स्वकीयहरू)लाई बोलाएर ‘आफू नयाँ ढङ्गले अघि बढ्न खोजेको’ सङ्केत गरे ।
लगत्तै प्रधानमन्त्रीका ‘दायाँ हात’ मानिएका विष्णु रिमालले सचिवालय सदस्यहरूलाई प्रधानमन्त्रीको सन्देश प्रवाह गरे ।
शुक्रबारको नियमित बैठकमा रिमालको तात्तातो सन्देश पाएपछि सबैजसो सल्लाहाकार स्वकीय सचिवहरूले राजीनामा दिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार ईन्द्र भण्डारी, सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, सञ्चार नै हेर्ने गरी लगिएका रामशरण बजगाईंलगायत सचिवालयमा रहेका १२ जनाले राजीनामा बुझाएको स्रोतको भनाइ छ ।
तर, मुख्य सल्लाहकार रिमालले भने अझै राजीनामा नदिएको र मङ्गलबारसम्म राजीनामा आउने सम्भावना रहेको स्रोतको भनाइ छ ।
“अधिकांश सल्लाहकार, स्वकीय सचिवहरूले राजीनामा बुझाइसकेका छन् । तर मुख्य सल्लाहकारको राजीनामा आउन बाँकी रहेको छ,” प्रधानमन्त्रीको सचिवालयमा रहेका एक व्यक्तिले जानकारी दिए । प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीसमेत रहेका शङ्कर पोखरेलले यो प्रकरणमा ‘ट्विस्ट’ गरेका छन् ।
प्रदेश पाँचको मुख्यमन्त्रीबाट राजीनामा गराएर पोखरेललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकार बनाइन लागेको चर्चा चुलिइरहेका बेला उनी स्वयम्ले रिमालको बर्हिगमनको हल्ला ‘हल्ला’मै सीमित होस् भनेर बताएका छन् ।
प्रधानमन्त्रीको विश्वासपात्र मानिने पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।”
प्रधानमन्त्रीको सपनालाई मूर्त बनाउन रिमाल नै भरोसायोग्य व्यक्ति भएकाले उनलाई हटाउन नहुने पोखरेलले बताएका हुन् ।
प्रधानमन्त्रीले ‘आवश्यक परे बोलाउँला अहिले राजीनामा दिएर बाटो सहज बनाइदिनूस्’ भनेकाले केही सल्लाहकार, सचिवालयका सदस्य दोहोरिने सम्भावना पनि छ । त्यसमा रिमाल पनि परुन् भन्ने आकाङ्क्षा पोखरेलको रहेको देखिन्छ ।
तर रिमाल आलोचनाको केन्द्रमा छन् । रिमालले प्रधानमन्त्रीलाई घेराबन्दी गरेको पार्टीका नेताहरूलाई बालुवाटार आउजाउमा रोक लगाएकोजस्ता आरोप सुरूदेखि नै खेप्दै आएका छन् ।
“रिमालको चरित्र एक त राजनीतिक भएन । सुरूदेखि नै उनले प्रधानमन्त्रीलाई घेराबन्दी गर्ने र आफ्नोमात्रै पहुँचमा राख्ने काम गरे,” प्रधानमन्त्रीनिकट व्यक्ति रिमालको आलोचना गर्छन् ।
रिमालमाथि अर्को आरोप पनि छ । उनले मन्त्रीहरूलाई पनि चलाउन थालेपछि मन्त्रीहरूकै वृत्तमा उनी आलोचित बनेका थिए ।
“मन्त्रीहरूको कामको बारेमा जानकारी लिनु त स्वाभाविकै हो । तर उनीमाथि मन्त्री चलाउन थालेको, मन्त्रीको काममा हस्तक्षेप गर्ने, सचिव सरुवामा हात बढाउने आदि आरोप लाग्ने गरेको छ,” प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
तथापि प्रधानमन्त्रीलाई निकट रहेर सहयोग गरेको र अघिल्लो कार्यकालमा पनि सघाएकाले उनलाई त्याग्न प्रधानमन्त्रीलाई कठिन हुने स्रोतको भनाइ छ । सकेसम्म रिमालले राजीनामा नदिने र दिइहाले पनि उनी नै दोहोरिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
प्रधानमन्त्रीको सचिवालयबाट समूहले नै राजीनामा दिएको त्यसमध्ये केहीमात्रै दोहोरिने भएकाले नयाँ अनुहारको खोजी पनि सुरू भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस