काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषदमा व्यापक परिवर्तन गर्न लागेका छन्। कार्य सम्पादनमा कमजाेर देखिएका मन्त्रीहरूलाइ उनले हटाउन लागेका हुन्। कतिपयकाे मन्त्रालयले परिवर्तन हुने पनि बताइएकाे छ।
उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ वर्तमान मन्त्रिपरिषदबाट बिदा हुन लागेका छन्।
बिदा हुन लागेका १० मध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने अन्य पूर्वएमालेबाट। उप निर्वाचन पछि समाजवादी दल सरकारबाट हट्ने भएकाे छ।
वर्तमान मन्त्रिपरिषदका १० मन्त्री बिदा गरि अन्यलाई यथावत् राख्ने अन्तिम तयारी प्रधानमन्त्री ओलीले गरेका छन्। यद्यपि तीमध्ये केहीको मन्त्रालय हेरफेर हुन सक्नेछ।
प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन्।
भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले पनि निरन्तरता पाउने सम्भावना छ। त्यसका तीन कारण छ। पहिलो, मन्त्रिपरिषदमा रहेका महिला मन्त्रीमध्ये उनको प्रस्तुति सन्तोषजनक छ। दोस्रो, मन्त्रिपरिषद्का सीमित महिलामन्त्री सबैलाई हटाउँदा जाने गलत सन्देशबाट ओली बच्न चाहन्छन्। तेस्रो, उनकै क्षमताको महिला नेता नेकपामा ओलीले तत्काल अर्को देखेका छैनन्। केही अनुहार छन्, तर तिनको प्रदर्शन अर्याल बराबर होला भन्नेमा उनी विश्वस्त छैनन्।
मत्निपरिषद् हेरफेर गर्न अझै केही दिन लाग्ने हुँदा यो सूचीमा केही फेरबदल हुन सक्नेछ।
प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यहरूलाई राजीनामा दिन लगाएकै शैलीमा सबै मन्त्रीको राजीनामा मागे भने उनले पुनः ल्याउन चाहे पनि केहीले मन्त्री नबन्ने संकेत दिएका छन्।
निरन्तरता पाउने सूचीमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीले सबै मन्त्रीको राजीनामा माग्नुभन्दा जुन-जुन मन्त्रीको कार्यसम्पादन चित्त नबुझेको हो उनीहरूको मात्र माग्नुपर्ने तर्क गरेका छन्। सबैको राजीनामा गराएर फेरि ल्याउँदा राम्रो काम गरेका मन्त्रीहरूको सम्मान नहुने र उनीहरूले सहज महसुस नगर्ने मत छ।
अर्थमन्त्री खतिवडाकाे राष्ट्रिय सभाका कार्यकाल फागुनमा सकिने भएकाले उनी स्वत हट्ने भएका छन्। अर्थ मन्त्रालयमा उनकाे स्थानमा प्रधानमन्त्री ओलीले विश्वासपात्र तथा पार्टी महासचिव विष्णु पाैडेललाइ ल्याउन लागेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस