काठमाडौँ– लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्याली गरेको छ ।
नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।
एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध र्याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राख्नुभयो । सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने विद्यार्थी नेता प्रेम शाहीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस