काठमाडौं-हालै सार्वजिक गरेको नयाँ नक्सा भारतीय सार्वभौम भू–भागको सही चित्रण भएको दाबी भारतले गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्सामा नेपालसँगको सिमानालाई एकरत्ती पनि परिवर्तन नगरिएको दाबी गरेका हुन् ।
हाम्रो नक्साले भारतको सार्वभौम भू–भागको सही चित्रण गरेको छ,’ रवीश कुमारले भनेका छन्, ‘नयाँ नक्साले नेपालसँगको हाम्रो सिमानालाई एकरत्ती पनि परिवर्तन गरेको छैन ।’
उनले नेपाल–भारत सीमा निर्धारणको अभ्यास जारी रहेको दाबी पनि गरेका छन् ।
‘विद्यमान संयन्त्रअन्तर्गत नेपालसँगको सीमा निर्धारण अभ्यास अहिले पनि जारी छ,’ उनले भनेका छन्, ‘हामीहरू सबै समस्याको समाधान संवादमार्फत नै गर्ने र द्विपक्षीय सम्बन्धको मर्मभित्र रहेर नै कुराकानी गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।’
साथै उनले दुई देशबीचको सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्वसँग सचेत रहनुपर्ने पनि बताएका छन् । ‘सबभन्दा महत्त्वपूर्ण कुरा त निहित स्वार्थ समूह दुई देशको सम्बन्धमा फाटो ल्याउनका लागि सक्रिय रहेको कुरामा दुवै पक्षले ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।
भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेक परेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।
परराष्ट्र मन्त्रालयले पनि बुधवार विज्ञप्ति प्रकाशित गरी भारतीय नयाँ नक्साप्रति असन्तुष्टि जनाएको थियो ।
कालापानी नेपाली भू–भाग भएको दाबी गर्दै विज्ञप्तिमा समस्या समाधानका लागि कूटनीतिक पहल गरिने जनाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस