पोखरा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले वर्तमान सरकारले गरेका उपलब्धिलाई जनतासमक्ष पु¥याउनुपर्ने बताएक छन् ।
मङ्सिर १४ गते कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका तर्फ़बाट विद्या भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित उम्मेदवार घोषणासभामा उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्दै आम जनतामाझ पुग्नुपर्ने बताए ।
कास्की २ मा विगतमा हासिल गर्दै आएको जितलाई यस पटक पनि सुनिश्चित गर्न आम कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो । विकासप्रेमी नेता स्व रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्न पार्टीले विद्या भट्टराईलाई निर्वाचनमा अगाडि बढाएको बताउँदै उनले मतको संरक्षणका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औँल्याएक छन् ।
नेकपाका तर्फ़बाट नेकपा कास्की क्षेत्र नं २ का उम्मेदवार भट्टराईले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारे ।
नेकपा गण्डकी प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले अधिकारीको निधनबाट पार्टी र मुलुकलाई अपूरणीय क्षति पुगेको बताउँदै पीडा र अभावलाई पूरा गर्न पार्टीको उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज राजकाजी गुरुङले निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअघि जिल्ला पार्टी कार्यालयबाट जुलुससहित निस्केको -याली निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दर्तापश्चात् घोषणासभामा परिणत भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस