भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह सूर्यमय भई अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई अन्य कुनै हत्केला जस्ता पार्टीले छेक्न नसक्ने ठोकुवा गरेका छन् |
भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवीप्रसाद ढकाल (डिपी) को निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने क्रममा भएको र्यालीलाई सम्बोधन गर्दै सांसद बस्नेतले स्व. हरिशरण लामिछानेको सपना साकार पार्ने उम्मेदवार ढकाल रहेको उल्लेख गरे । प्रतिस्पर्धी ढकालको छेउमा निकै हलुको रहेको बताउँदै उनले भक्तपुरको समृद्धिको सहयोगीको रुपमा ढकाललाई पार्टीले उम्मेदवारी बनाएको स्पष्ट पारे ।
ढकालले विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रको वारेमा स्वलम्बन अर्थतन्त्र विकासको निम्ती अर्थशास्त्रिय विश्लेषण सहितको पुस्तक समेत ढकालले लेखिसक्नु भएको जानकारी गराउँदै उहनले ढकाल भक्तपुरको लागि नेकपाको उम्मेदवार मात्र नभई बौद्धिक व्यक्ति भएको समेत उल्लेख गरे ।
विरोध गर्ने हैन विकास गर्ने जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले पछिल्लो सिटमा वसेर विरोध गर्ने पार्टीलाई जनताले विजयी नगराउनेमा ढुक्क रहेको विचार व्यक्त गरे ।
पछिल्लो समय केही मिडियाहरुमा भक्तपुरमा नेकपाको तिव्र विकाद भन्ने समाचार प्रकाशन गरी जनतामा भ्रम झर्ने प्रयास भइरहेको बताउँदै उक्त भ्रमलाई चिर्ने आजको र्यालीले नै अन्त्य गरिदिएको स्पष्ट पारे । झुटको खेती लामो समयसम्म नटिक्ने उल्लेख गर्दै नेकपा कार्यालय भक्तपुरमा लागेको ताला अनावश्यक रुपमा मिडियावाजी गरी भ्रम मात्र फैलाईएको बताए ।
विभिन्न पार्टीले भ्रमको खेती गर्ने भएकाले त्यसको वारेमा सचेत भई व्यापक मात्रामा भ्रमको विरुद्धमा जनचेता अभिवृद्धि भई अघि बढ्नुपर्ने बताउँदै उनले नेकपा सवैभन्दा व्यवस्थित र संगठित पार्टी भएको स्पष्ट पारे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस