काठमाडाैं-उमेरले पाका खेमराज पौडेल कांग्रेस संस्थापक नेता बीपी कोइरालासँगै राजनीति गरेका व्यक्ति पनि हुन्।
कांग्रेसमा लागेर लाभको पदमा नपुगेका उनी कास्कीका सरल नेताका रुपमा परिचित छन्। पौडेललाई यस अघि चुनाव लडेको अनुभव छैन। कांग्रेसीजनहरु उनलाई निष्ठावान जिल्ला नेताका रुपमा चिन्दछन्। कांग्रेसका कास्की जिल्ला सभापति कृष्ण केसी उम्मेदवार पौडेलबारे भन्छन्,‘उहाले टिकट पाउँदा अन्यले चित्त दुखाउँदैनन्। उहाँको जिन्दगीको पहिलो उम्मेदवारी हो।’
संघीय व्यवस्था अघि कास्की २ मा घर रहेका पौडेलको घर हाल कास्कीको निर्वाचन क्षेत्र ३ मा पर्छ। गणेशमान फाउण्डेसन कास्कीका जिल्ला संयोजक रहेका पौडेल पोखरा विश्व विद्यालयका सिनेट सदस्य पनि हुन्।
कांग्रेस राजनीतिमा लामो समयको क्रियाशिलता रहेको देखेर नै पौडेललाई टिकट दिइएको धेरैको आंकलन छ। जिल्ला कार्यसमितिबाट सिफारिसमा परेर टिकटको लागि देउवा निवासमा ढुकिरहेका एक स्थानीय नेता भने उनलाई टिकट दिएको प्रति बेखुसी थिए। पौडेललाई दिएको टिकटले कांग्रेसको पराजय हुने निष्कर्ष सुनाउँदै उनले भने,‘७० कटेको व्यक्तिले चुनाव जित्दैनन्। जित्नेलाई कांग्रेसले टिकट दिदैन।’
अर्को तर्फ चर्चामा रहेर टिकटबाट बन्चित भएका उम्मेदवारका दाबेदार देवराज चालिसेले सह्दयता देखाएका छन्। चालिसेले पौडेललाई ‘आदरयोग्य नेता’ भएको प्रतिक्रिया दिए।
जिल्ला सभापति केसीले उम्मेदवारको टिकट पाएका पौडेलले कांग्रेसबाट टिकट पाएका अन्यले भन्दा कम मत नल्याउने दाबी गरे। सामाजिक आन्दोलनमा लागेर पछिल्लो समय निश्क्रिय रहेका ठुलो संख्याको सहानुभूति पौडेलको पक्षमा देखिने केसीको बुझाई छ। उनले भने,‘निष्ठाका लागि उम्मेदवार प्राप्त भएको छ। उहाँको पक्षमा मत माग्न अझ सहज भएको छ।’
उमेरले बुढ्यौली भएपनि टिकटको दौडमा पौडेलले अन्य १५ जनालाई उछिन्न सफल भए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस