काठमाडौँ-नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए ।
केन्द्रीय सदस्य धनराज गुरुङले कास्की–२ को उम्मेवारमा आफ्नो दाबी नरहेको पार्टी पदाधिकारी बैठकमा जानकारी गराएपछि पौडेलले टिकटमा बाजी मारेका हुन् ।
जिल्ला सभापति केसीले भने, ‘उहाँ काँग्रेसका पुराना नेता हुनुहुन्छ । लामो समयदेखि उहाँ काँग्रेसमा निरन्तर रुपमा लागि रहनुभएको छ । उहाँको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो ।’ पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पनि केसीले बताए ।
केसीले पौडेलको उम्मेदवारीमा प्रश्न गर्ने ठाउँ नरहेको दाबी गर्दै अब सबै एकजुट भएर चुनाव जिताउन लागिपर्ने बताए ।
७४ वर्षीय पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् ।
लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका उनले शिक्षण पेसाबाट अलग्एिपछि भने कास्की काँग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
त्यसपछि काँग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस