काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आशन्न उपनिर्वाचनका लागि उम्मेदवारकाे टुंगो करिब दश घन्टा बसेर पनि लगाउने सकेन। गुटका व्यक्ति हाबी हुँदा टुंगाे लगाउन सकस भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पर्सी (बिहीबार) उमेदवारी मनोनयन हुँदैछ । तर, आजसम्म पनि कांग्रेसले मुख्य स्थानहरुमा उमेदवार टुंगो लगाउन सकेको छैन ।
उमेदवार टुंग्याउन मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अबेर रातिसम्म् बसिरहेकाे थियाे। बसेको पदाधिकारी बैठक लम्बिएको छ । प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान कास्की–२ मा कसलाई टिकट दिने भन्नेमा छलफल केन्द्रित भएको बताइएको छ । सोही स्थानका बारेमा नेताहरुबीच सहमति हुन नसक्दा पदाधिकारी बैठक लम्बिएको बताइएकाे थियाे। तर, अन्य स्थानमा पिन विवाद भएकाे बताइएकाे छ। बिहान करिब १० बजेबाट सुरु भएको बैठक १ बजे स्थगित भइ दिउँसाे ३ बजेदेखि बसेकाे थियाे।
कास्की–२ मा केन्द्रीय सदस्य धनराज गुरुङले चाहना राख्दा नेताहरुबिच सहमति हुन नसकेको बताइएको छ । कांग्रेस स्रोतका अनुसार गुरुङ टिकटका लागि अन्तिम प्रयास गर्दैछन् । बैठक स्थलमा उनी पनि उपस्थित रहेर फर्केका थिए।
त्यसो त कास्की कांग्रेसले उनको नाम केन्द्रमा सिफारिस गरेको छैन । कास्की कांग्रेसले बाहिरी जिल्लाबाट उम्मेदवार बनाए स्विकार नगर्ने यसअघि नै बताइसकेको छ । गुरुङ स्याङ्जाका हुन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले आजै उमेदवारको टुंगो लाग्ने सम्भावना रहेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस