काठमाडौं – प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आइतबार विभिन्न व्यक्तिका नाममा छलफल भएको छ । प्रदेश प्रमुखको नाम टुंगो लगाउन भोलि बिहान ९ बजे नेकपाको सचिवालय बैठक बस्ने छ ।
नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार नै नाम टुंगो लगाउने तयारी थियो । ओली र प्रचण्डले सोमनाथ प्यासी, तिलक परियार, धर्मनाथ यादवलगायतको नाम प्रदेश प्रमुखका लागि बैठकमा प्रस्ताव गरेका थिए ।
त्यस्तै शर्मिला त्रिपाठी, अमिक शेरचन, खेमराज भट्ट मायालु, केशव बडाल, अमृतकुमार बोहरा, महेन्द्रबहादुर पाण्डेको नाम पनि सचिवालय बैठकमा प्रस्तुत भएको स्रोतले जनाएको छ । प्यासी, परियार र यादवको नाममा भने लगभग सहमति भैसकेको स्रोतको दावी छ ।
भोलि बिहान बस्ने सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बसेर नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले सिफारिस गर्ने एक सचिवालय सदस्यले जानकारी दिए । नेकपा नेता शेरचनले भने सक्रिय राजनीति गर्ने इच्छा रहेको नेताहरुलाई बताएका छन् ।
नेकपामा सहमति नभएपछि नेकपा सचिवालय बैठक लगत्तै नयाँ प्रदेश प्रमुखमा नियुक्तीको सिफारिस गर्न बोलाइएको मन्त्रिपरिषद् बैठक अनौपचारिकमा सीमित भएको थियो । नेताहरुले नाम थप्ने क्रम चलिरहेकाले भोलि बिहान बस्ने बैठकले ७ जनाको नाम टुंगो लगाउने ती सचिवालय सदस्यले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस