काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले एकैसाथ सातवटै प्रदेश प्रमुख हटाउने निर्णय गरेर सर्वसत्तावादको संकेत गरेको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सर्वसत्तावादको संकेत गरेको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको निर्णय चार कारणले गलत रहेको स्पष्ट पारेका छन् ।
समयको प्राथमिकता अर्कै, सरकारको ध्यान अर्कैतिर रहेको, जरुरी समीक्षाबेगर पूर्वाग्रहपूर्ण निर्णय गरेको, सहमतिको राजनीति थप बिथोल्ने यत्न गरेको, निर्वाचन आचारसंहिचाको नैतिक हेक्का नराखेको भन्दै उनले अन्त्यमा भनेका छन्–अर्थात् कम्युनिष्ट सरकार ! सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी गराएका छन् । प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको जनाएका छन् ।
प्रदेश एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश दुईका प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश तीनका प्रमुख अनुराधा कोइराला, प्रदेश चारका प्रमुख बाबुराम कुँवर, प्रदेश पाँचका प्रमुख उमाकान्त झा, प्रदेश ६ का प्रमुख दुर्गा केशर खनाल र प्रदेश सातका प्रमुख मोहनराज मल्ललाई बर्खास्त गरेकी छन् । संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था छ । निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा, निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा, निजको मृत्यु भएमा रिक्त हुने व्यवस्था संविधानमा रहेको छ ।
धारा १६५ को उपधारा (२) मा भनिएको छ–कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस