ताप्लेजुङ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन् । संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या भइरहेको भन्दै उनले आवश्यक सबै प्रकारका ऐन निर्माणलाई प्राथमिकता दिइएको बताए ।
शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रदेशसभाले समेत संविधानअनुसार आवश्यक ऐनहरु बनाई स्थानीय तहका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै उनले यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याएका छन् ।
परम्परागत सोच र शैलीबाट माथि उठेर काम गर्न सके मात्रै जनताले दिएको जिम्मेवारी पूरा हुने र मुलुक समृद्धितर्फ अघि बढ्ने उनको भनाइ थियो । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष तिमिल्सिना आज त्यसतर्फ जाने बताइएको छ ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस