पोखरा– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको समृद्धिका लागि सामाजिक एवम आर्थिक रुपान्तरण आवश्यक रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आज पोखरामा आयोजित ‘समृद्धि र यसका चुनौती’ विषयक विचारगोष्ठीमा उनले समाजमा सकारात्मक सोचको खाँचो रहेको औँल्याएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानलाई सफल बनाउन जनस्तरबाट लाग्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा राजनीतिक अधिकार प्राप्तिका लागि भएको विद्रोहको मानसिकतामा परिवर्तन आउन नसक्दा आर्थिक समृद्धि प्राप्तिका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले जनतामा सकारात्मक सोचको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
मुलुकको दिगो विकासका लागि साधारणतर्फ भन्दा पनि पूँजीगत खर्च बढी हुनुपर्ने र त्यसका लागि सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार अगाडि रहेको धारणा राखेका छन् । मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले वातावरण तयार गरेर जनतालाई उत्पादनसँग जोड्न अपरिहार्य र उत्पादनमा वृद्धि गरी आत्मनिर्भरतातर्फ लाग्नुको विकल्प नरहेको उनको भनाइ थियो । सङ्घीयतासँगै सिंहदरबारको अधिकार जनताको घर–आँगनमा आएको उल्लेख गर्दै उनले तीन तहका सरकारको केही खर्च बढेको भए पनि जनताको खर्च भने घट्दै गएको बताएका हुन् ।
नेकपा स्थायी कमिटी सदस्य एवम फाउण्डेशनका केन्द्रीय सदस्य सोमनाथ अधिकारी प्यासीले कास्की निर्वाचन क्षेत्र नं २ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीले अगाडि सारेका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । पार्टीको विचार, सिद्धान्त र सरकारले अगाडि सारेको समृद्धिको अभियानलाई सफल बनाउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै उनले मुलुक र जनताका पक्षमा सरकारले गरेका कामलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताएका छन् ।
नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न वर्तमान अवस्थामा देखिएका चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । फाउण्डेशनको कास्की अध्यक्ष माधव बाँस्तोलाले फाउण्डेशनले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस