काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् ।
पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् ।
‘अब उहाँसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीले सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनु भएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’ २०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस