सुर्खेत- कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ ।
नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह (गाउँ–नगरपालिका), वडा कमिटीका पदाधिकारी चयन गरिसकेको जानकारी दिए । पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन गरेको हो ।
सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताए । यहाँ प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र नौ स्थानीय तह छन् । सचिव जिसीले अध्यक्षको कार्यव्यस्तताका कारण ढिला भएको बताए | त्यस्तै, दैलेख जिल्ला कमिटीले मङ्गलबार स्थानीय कमिटीका अध्यक्ष, सचिवका साथै सम्बन्धित स्थानीय तहका इञ्चार्ज तोकेको छ । त्यहाँका ११ स्थानीय तहमध्ये पूर्वएमाले पक्षका छ तथा पूर्वमाओवादी पक्षकाले पाँच स्थानीय तहको नेतृत्व पाएका छन् ।
दैलेखमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी पनि चयन गरिएको छ । यसअघि जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुुग, डोल्पा, रुकुमपश्चिम र सल्यानका स्थनीय तहमा पार्टी एकता भइसकेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस