पाँचथर- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकताको क्रममा भएका सहमतिहरु क्रमश कायान्वयन भइरहेको वताएका छन् । एकता प्रकृया सहित अन्य सवै प्रकृयाहरु आपसी सहमतिमै भै रहेको वताएका छन् ।
पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले सहमतिकै आधारमा अहिलेको अवस्था आइपुगेको वताए । अहिले एकता प्रकृयामा चिसोपन आएको भन्दै संचार माद्यममा आएका होहल्लाको पछाडि नलाग्न उनले आग्रह गरे ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलि र आफु विच सहमति र समझदारीकै आधारमा अगाडि वढेको भन्दै दाहालले शान्ति प्रकृयाका वाँकी कुराहरुलाई अन्तिम रुप दिन आफुहरु हिजो मात्र पनि कुराकानी भएकोले वातावरण सकारात्मक भएकोले कार्यान्वयन चाँडै हुने वताए ।
पार्टी एकताका करिव सवै काम सकिएसंगै जिल्ला स्तरमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सुरु गरी यस्लाई केन्द्र स्तर सम्म पुर्याउने तयारी गरेको वताए । सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिंदै आगामी वर्षलाई स्थायीत्व सहित विकास र समृध्दिको वर्षका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
चिनका राष्ट्रपति सीको भ्रमणले नेपालको विकासमा दिर्घकालिन र ठूलो महत्व राख्ने भन्दै अध्यक्ष दाहालले छिमेकी देशहरुसंगको सम्वन्ध थप मजवुत र प्रगाढ हुने वताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डका साथ पार्टीका महाँसचिव विष्णु पोखे्रले र संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थिति रहेको छ ।
जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला स्तरका करिव ७ सय कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस