काठमाडौँ – हाल सांसद रहेका र यसअघि दुईपटक गृहराज्यमन्त्री भएका देवेन्द्रराज कँडेल भारत उत्तर प्रदेशको गोरखपुर महाराजगन्जस्थित राधादेवी इन्टरकलेज व्यवस्थापनको अध्यक्ष भएको तथ्य सार्वजनिक भएपछि उनी भारतीय नागरिक रहेको आरोप लागेको छ।
भारतीय नागरिककै हैसियतमा उनले हिन्दी भाषामा शपथग्रहण गरेको उजुरी अख्तियारमा परेपछि सिआइबीले अनुसन्धान थालेको छ।
कँडेलले भारतको ३३ कसाया रोड, बेतिया हाता जनपद गोरपुरखको बासिन्दा भएको र आफूले दिएको विवरण झुठा भएमा भारतीय संविधानअुनसार कारबाही भोग्न तयार रहेको शपथ खाएकाे खुलेकाे छ।
कस्तो छ कँडेलको राजनीतिक र पारिवारिक पृष्ठभूमि?
भारतीय नागरिकको रुपमा शपथ लिएका कँडेलको नेपालमा राजनीतिक र पारिवारिक पृष्ठभूमि भने गर्भिलो र अपत्यारिलो छ।
कपिलवस्तु जिल्लाबाट २०४८ सालदेखि चुनाव लड्दै आएका कँडेल दुईपटक देशको गृहराज्यमन्त्री भइसकेका व्यक्ति हुन्। २०५४ र २०५६ मा गरी दुईपटक गृह राज्यमन्त्री भएका थिए।
नेपाली कांग्रेससँग उनको परिवारको स्थापना कालदेखि नै घनिष्ट सम्बन्ध देखिन्छ। कँडेलका बुवा पृथ्वीराज २०१५ सालमा सांसद थिए भने हजुरआमा राधादेवी कँडेल त्यही बेला कांग्रेस संसदीय समितिको सदस्य थिइन्।
नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित भएका थिए। त्यसपछि अर्को एक कार्यकाल पनि उनी प्रधानपञ्चमा निर्वाचित भए।
२०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत भएका व्यक्ति हुन्।
२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित कँडेल राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य छन्।
उनी नै गृहराज्यमन्त्री भएका बेला तत्कालीन माओवादी नेताहरुको टाउकाको मूल्य तोकिएको थियो। कँडेलमाथि २०६० भदौमा ललितपुरमा माओवादीले गोली हानी हत्या गर्ने प्रयाससमेत गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस