काठमाडाैं-सर्वाधिक चासोका रुपमा हेरिएको कास्की २ मा सत्तासीन नेकपाले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री तथा सो क्षेत्रका सांसद रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा कांग्रेसका एक दर्जन वढीले आकांक्षा देखाएका छन् । कांग्रेसले बागलुङ २ को प्रदेशसभा ‘ख’ र धरान उपमहानगरपालिबाट उम्मेदवारको सिफारिस गरिसकेको छ ।
पार्टी केन्द्रले ३ जनाको नाम पठाउन मातहतका संगठनलाई निर्देशन दिएअनुसार प्रदेश उम्मेदवारका लागि क्षेत्रीय कार्यसमितिको सिफारिसमा सम्वन्धित जिल्ला समितिले रायसहित केनद्रमा नाम पठाउने पार्टीको व्यवस्था छ ।
कांग्रेसले कास्की २ मा पूर्व पर्यटनमन्त्री अधिकारीसँग पराजित देवराज चालिसेलाई नै उम्मेदवार बनाउने चर्चा छ भने खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, माधव बास्तोला, वीरेन्द्र नारायण बिजुक्छे, लक्ष्मी पाण्डे, महादेव गुरुङ, ऋषि काफ्ले र गुरु बरालले समेत आकांक्षा देखाएका कारण केन्द्रमा नाम सिफारिस हुन सकेको छैन ।
कांग्रेसले धरान उपमहानगरको प्रमुखमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट पराजित तिलक राईलाई पुनः उम्मेदवारमा दोर्होयाउने भएको छ । तत्कालीन एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि सो क्षेत्रमा चुनाव हुन लागेको हो ।
त्यसैगरी बागलुङ २ ‘ख’ मा कांग्रेस बागलुङले द्रोण कुँवर, कुमारसिंह घर्ती, जीत शेरचन र टेकराज पौडेलको नाम सिफारिस गरेको छ । कुँवर क्षेत्रीय सभापति हुन भने अन्य महाधिवेशन प्रतिनिधि हुन ।
कांग्रेसले उत्तमकुमार ओलीको निधन भएपछि रिक्त दाङ ३ ‘ख’ मा भरत केसी, केशव आचार्य, शंकर डांगी र खेम प्रसाद खरालमध्ये एकजनालाई अघि सार्ने भएको छ ।
भक्तपुर १ ‘क’ मा भने तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थको नाम सिफारिस हुनसक्ने स्थानीय नेताहरु बताउँछन् । गत निर्वाचनमा पराजित भएका जीवन खत्री, मनोजकुमार थापा, राजाराम खड्का, सुरेश श्रेष्ठलगायत पनि आकांक्षी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस