जाजरकोट-वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विकास खर्च कम भएकाले काम गर्ने तरिका बदल्न आग्रह गरेका छन् ।
जिल्लाका सरकारी कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बस्नेतले भने , ‘अब कर्मचारी अभाव मात्र भनेर हुँदैन, समस्याको मूल जरो कहाँ हो भनेर पत्ता लगाएर काममा तीव्रता दिनुहोस ।’
जिल्लामा आएको बजेट एक चौथाइ पनि खर्च हुन नसकेपछि मन्त्री बस्नेतले यस्तो बताएका हुन् । खर्च भएको बजेटमा पनि गुणस्तरको अवस्था के छ ? त्यो पनि जाँच हुँने उनको भनाइ छ । उनले काम गर्नका लागि बजेटको अभाव नहुने भएकाले जनताले अनुभूति गर्ने गरी कामको गति बढाउन आग्रह गरे ।
मन्त्री बस्नेतले पुरानो तरिकाले काम गरे सफल नभइने बताए । उनले जिल्लामा सञ्चार, खानेपानी, विद्युत्, पर्यटन र अन्य जनताका सरोकारसँग जोडिएका विषयवस्तु छिट्टै सम्बोधन हुँने मन्त्रीले जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जिल्लामा अझै पनि काम गर्ने तरिका बदलिन नसकेको गुनासो गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस