काठमाडौं- पीडित भनिएकी रोशनी शाही स्वयं अदालत पुगेर अभियुक्त कृष्णबहादुर महराको बचाउ गरे पनि रिहा भएनन् । आफूमाथि जर्बजस्ती नभएको र प्रहरीको करकापले किटानी जाहेरी दिन वाध्य भएको दाबी गरेपनि काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि भन्दै थप पाँच दिन हिरासतमा राख्न अनुमति दियो ।
महरालाई यसअघि पनि म्याद थप गरिएको थियो । रोशनी शाहीको बयान फेरिए पनि अदालतले महरालाई हिरासतमै राख्न आदेश दिए पनि यो घटनाले नयाँ तरंग ल्याएको छ ।
जुन महिल पुरुषमाथि जर्बजस्तीको अभियोग लगाइन् उनी स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार महरा प्रकरणले नाटकीय मोड लिएको छ ।
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्तीको अभियोग लागेर हिरासतबाट छुटाउन रोशनी शाही स्वयं अदालत पुगेकी थिइन् । उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी थिइन् ।
न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीको किटानी जाहेरीले महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरी नियन्त्रणमा लिइएका थिए ।
दुई हप्ता हिरासतमा रहिसकेका उनीमाथि अभियोग लगाउने र किटानी जाहेरी दिनेले नै करकापमा दिएको बयान दिएपछि यसले नयाँ मोड लिएको हो ।
रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिइन् । आफैले किटानी जोहरी दिइन् र आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यसले घटनालाई थप रहस्यमय बनाएको छ । अब अर्को पटक अदालत पुग्दा घटनाले कुन मोड लिने हो चासोको विषय बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस