काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौति थपिएको बताएका छन् ।
हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताए । सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा गरेको अन्तरक्रियामा उनले सबै ठूला राष्ट्रका आ–आफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौति भएको बताए ।
नेपालले पञ्चशिलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वाभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने ‘धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।’
उनले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि निर्वाचित पदाधिकारीलाई नेपालप्रतिको उद्देश्यमा स्पष्ट हुन आग्रह गरे । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई उनले ‘चिचि पनि पापा पनि” को संज्ञा दिँदै त्यस्तो सुविधा असम्भव रहेको बताए । उनले भने “दुईवटा नाउमा खुट्टा राख्ने मान्छे सागर गर्न सक्दैन । चिचि पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’
नेता नेपालले पूँजी, सिप र प्रविधिको राम्रो प्रयोग गरेर मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा अग्रसर गराउनुपर्ने र त्यसका लागि बानी व्यवहारमा परिर्वतन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले नियम कानुनलाई खुकुलो बनाई लगानीमैत्री वातावरण श्रृजना गरि स्वदेशमै रोजगारीको अवसरहरु श्रृजना गर्नुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस