काठमाडाैं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम तय गरेको छ ।
चियापानका लािग पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १ लाख जनालाई निमन्त्रणा कार्ड पठाएका छन् ।
नेकपा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार पार्टीले चियापानमा ५० हजार जना उपस्थित हुने आँकलन गर्दै सोहीअनुसारको चिया खाजाको व्यवस्था गरेको छ ।
उनका अनुसार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणले भोलि अपराह्न १२ देखि ३ बजेसम्म चियापानमा सरिक हुनुपर्नेछ भने भीभीआईपी, भीआईपी, कूटनीतिक नियोगका पदाधिकारीलगायतका लागि ३ देखि ५ बजेसम्मको समय मिलाइएको छ ।
चिया र खाजा व्यवस्थापनको जिम्मा आम्रपाली ब्याङ्क्वेटले पाएको छ । जसले उच्च पदस्थ र सर्वसाधारणलाई चिया खाजाको व्यवस्थापन गर्नेछ ।
नेता श्रेष्ठका अनुसार भीआईपीका लागि चियाखाजा कप र प्लेटमा व्यवस्थापन गरिएको छ भने सर्वसाधारण र नेता कार्यकर्ताले प्लास्टिकको कप र प्लेटमा खाजा खान पाउनेछन् । उनका अनुसार नेकपाले शुभकामना आदान प्रदानसँगै पेयका रूपमा चिया कफी बाँड्नेछ भने खाजामा फलफूल लड्डु, बर्फी, निम्की र स्याण्डविच दिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस