काठमाडाैं-चिनियाँ राष्ट्रपति सी चिनिफिङले प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी राजनीतिक भेटवार्ता थालेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर होटेल सोल्टी फर्केलगत्तै देउवासँग एक्लाएक्लै भेट गरेका हुन्। देउवा पहिलोपटक प्रधानमन्त्री भएका बेला चिनियाँ राष्ट्रपति च्याङ चमिनले १९९६ मा नेपाल भ्रमण गरेका थिए।
नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको मित्रता पुरानो छ। अहिले पनि चीनमा वीपी कोइरालाको नाम लिइन्छ। चिनियाँ राष्ट्रपतिले निकै महत्त्व दिँदै कांग्रेस सभापतिलाई सुरुमै भेट गरेको चिनियाँ अधिकारीले बताए।
भेटमा खासगरी चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेस बीचको सम्बन्धलाई सहकार्य र थप अन्तरक्रियामुखी बनाउन सीले जोड दिएका थिए। उनले सभापति देउवालाई चीन भ्रमणको निम्तो दिएको सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए। चिनियाँ राष्ट्रपतिले नेपालमा चीनविरोधी गतिविधि हुन नदिन र चीनसँगको सम्बन्धलाई कांग्रेसले दिएको महत्त्वप्रति धन्यवाद व्यक्त गरेको पनि बताए।
उनले नेपाल चीनको सदाबहार र असल मित्र रहेकाले नेपालको विकासमा चीनले सक्दो सहयोग गर्ने जानकारी दिएका थिए। नेपालले बीआरआई परियोजनामा हस्ताक्षर गरेर त्यसको योजना अघि बढाएको विषयमा पनि उनले जोड दिँदै नेपाललाई हित हुने परियोजनामा चीन उत्साहित रहने सीले स्पष्ट पारेको जानकारी देउवाले दिएको सहमहामन्त्री महतले बताए।
देउवाले सीसँग नेपाललाई चीनले देखाएको सदाशयताप्रति धन्यवाद दिँदै नेपालको विकास परियोजनामा सहयोग, लगानी, पर्यटन क्षेत्र प्रवद्र्धनमा सहकार्य गर्न आग्रह गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस