काठमाडौं – दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालका शीर्ष नेताहरुसँग भेट्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक्ला एक्लै भेट्ने कार्यक्रम रहेको छ।
सभापति देउवासँग अन्य दलका नेताले भन्दा सवैभन्दा पहिले भेटेका छन्। शनिबार साँझ ७ बजे पछि राष्ट्रपति सीले होटल सोल्टीमा भेटेका छन्। त्यसपछि प्रतिपक्षी दल राजपाका नेताहरुलाई ७:४५ बजेपछि होटल मै भेट्ने छन्।
राजपाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र लक्ष्मणलाल कर्णले सीलाई भेट्ने छन्।
त्यसैगरी शनिबार साँझकै डिनरपछि समाजवादी पार्टीका अध्यक्ष द्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि सीलाई होटल मै भेट्ने छन्।
आइतबार होटल मै नेकपाका अध्यक्ष प्रचण्ड र राष्ट्रपति सीबीच १०:४७ बजे भेटघाटको कार्यक्रम तय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्। नेकपाका माधव नेपाल, झलनाथ खनाल र सचिवालयका अन्य सदस्यहरुबीच पनि सामुहिक भेटघाट हुने कार्यक्रम रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस